Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • ललिता निवास प्रकरण : रमेश पोखरेलसहित चार अभियुक्तको बयान सकियो

    ललिता निवास प्रकरण : रमेश पोखरेलसहित चार अभियुक्तको बयान सकियो

    अनलाइन नेपाल
  • शुक्रबार, २९ असार २०८०
  • 813
    SHARES

    काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गा कीर्ते प्रकरणमा पक्राउ परेका ४ जनाको बयान पूरा भएको छ ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको चार जनाको बयान सकिएको हो । भाटभटेनी सुपर मार्केटका सञ्चालक मीन बहादुर गुरुङ सहित १७ जनालाई ब्यूरोले थुनामा राखेर अनुसन्धान गरिरहेको छ ।



    थुनामा रहेका मध्ये रमेश कुमार पोखरेल, घमान कुमार कार्की, बाबुराजा महर्जन र शिवजी भट्टराईको बयान पुरा भएको सीआईबीले जनाएको छ । रमेश कुमार पोखरेल समरजङ्ग कम्पनीका तत्कालीन प्रमुख हुन् ।



    पोखरेल असार १८ मा पक्राउ परेका थिए । घमान कुमारी कार्की नापी सर्वेक्षक हुन् । बालुवाटारको जग्गामा ‘नक्कली मोही’ लाई जम्मा गरेर जग्गा दाबी गर्ने कामको नेतृत्व बाबुराजा महर्जनले गरेका थिए ।

    महर्जनले पनि ‘नक्कली मोही’ बनेर जग्गा आफ्नो नाममा लिएको भेटिएको छ । शिवजी भट्टराई तत्कालीन वडा सचिव हुन् ।

    असार १७ मा पक्राउ परेका भट्टराईले गैर कानुनी रूपमा जग्गा व्यक्तिको नाममा लैजानका लागी आवश्यक कागजात सिफारिस सिफारिस दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार