Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दासढुङगा नजिकै ४० जना सवार यात्रुबाहक बस दुर्घटना

चितवन । चितवनको दासढुङगा नजिकै यात्रुबाहक बस दुर्घटना भएको छ ।

शुक्रबार विहान करिब ५ बजेतिर कांकडभिट्टाबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश०१–००६ ख ५२३७ नम्बरको यात्रुबाहक बस आँफै अनियन्त्रित भई दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन् ।

बस सडकबाट करिब १० मिटर तल खसी रुखमा अड्किँएको थियो । बसमा सवार चालकसहित ४० जनामध्ये १९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइतेहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट २५ जनाको उद्धार सहितको टोली खटीएको छ । अहिले बस घटनास्थलमै छ। रुखले गर्दा ठुलो क्षती हुन नपाएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077