Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • कर्णाली प्रदेश प्रहरीले सुरु गर्‍यो हिरासतमा पुस्तकालय अभियान

    कर्णाली प्रदेश प्रहरीले सुरु गर्‍यो हिरासतमा पुस्तकालय अभियान

    अनलाइन नेपाल
  • बिहिबार, २८ असार २०८०
  • 1K
    SHARES

    फाइल तस्विर

    सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालयले हिरासतमा पुस्तकालय स्थापना अभियान चलाएको छ ।

    हिरासतमा पुस्तकालय राखेर उनीहरुको मनोविज्ञानमा सचेतना फैलाउने उद्देश्यसहित सो अभियान थालिएको हो । त्यसका लागि १० वटै जिल्लाका १४ वटा हिरासत कक्षमा पुस्तकालय स्थापनाका लागि निर्देशन दिइसकेको छ ।



    १० वटा जिल्ला प्रहरी कार्यालय र बाँकी ४ वटा मुद्दा चल्ने इलाका कार्यालयहरू कर्णालीमा रहेका छन् ।



    प्रदेश प्रहरी कार्यालयका डीआईजी भिमप्रसाद ढकालले अबको १५ दिनभित्र पुस्तकालय स्थापना गरिसक्ने गरी निर्देशन दिइसकिएको बताए ।

    प्रदेश प्रहरी कार्यालयमा भने पुस्तकालय स्थापना भइसकेको छ । यसअघि कारागारमा पुस्तक अभियान पनि कर्णालीबाट नै सञ्चालनमा आएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार