Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पहिरो खसेर कान्ति लोकपथ अवरुद्ध

मकवानपुर । अविरल वर्षासँगै खसेको पहिरोले कान्तिलोकपथ सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको छ ।

बिहीबार साँझ ५ बजेतिर मकवानपुरको बकैया गाउँपालिका–११ सिमातस्थित सडकखण्डमा वर्षाको कारण करिब ३५ मिटर पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

इलाका प्रहरी कार्यालय ठिंगनका अनुसार पहिरो हटाउनका लागि सडक विभागसँग समन्वय भइरहेको छ ।

पहिरो पन्छाउन सडक डिभिजन कार्यालयबाट डोजर आएको छ । पछिल्लो समय हेटौंडाबाट काठमाडौं जान यसबाटोको प्रयोग बढी हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077