Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • नेपाली युवतीलाई म्यानमारमा बन्धक बनाउने चिनियाँ नागरिक पक्राउ

    नेपाली युवतीलाई म्यानमारमा बन्धक बनाउने चिनियाँ नागरिक पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २८ असार २०८०
  • 861
    SHARES

    संकेतिक तस्विर

    काठमाडौं । नेपाली युवायुवतीलाई आकर्षक रोजगारीका नाममा म्यानमार पुर्‍याएर अनलाइन ठगीमा लगाउने एक जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा चीनको ज्ञानसु प्रान्त घर भई काठमाडौं महानगरपालिका १५ बिजेश्वरीमा अस्थायी रुपमा बस्ने ४२ वर्षीय लियाङ जुन रहेका छन् ।



    उनले थाइल्याण्डमा आकर्षक रोजगारीमा लगाइदिने भन्दै नेपाली युवतीलाई म्यानमार पुर्‍याएर अनलाइन ठगीमा लगाउने गरेका थिए ।



    लियाङलाई मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरी टोलीले आज पक्राउ गरेको हो ।

    जुन सन् २०१८ देखि नेपालमा विद्यार्थी, भिजिट र बिजनेसलगायत भिसामा बस्दै आएको र नेपालबाट युवायुवतीलाई म्यानमारमा लगेर अनलाइन ठगीमा संलग्न गराउने गरेको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार