Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

शीतलनिवास परिसरमा निर्माण हुने वर–पिपल चौतारोको राष्ट्रपति पौडेलले गरे शिलान्यास

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चौतारो र पोखरी निर्माणको शुभारम्भ गरेका छन्।

उनले बिहीवार राष्ट्रपति कार्यालय परिसरभित्र वर-पीपल रोपी चौतारो र पोखरी निर्माणको शिलान्यास गरेका हुन्।

शीतलनिवासको पश्चिमपट्टिको भागमा पूजा अर्चनासहित चौतारो निर्माणका लागि वर–पिपल रोपिएको हो । सोही स्थानभन्दा तल्लो खोल्सामा पोखरी निर्माण गर्ने योजना रहेको बताइएको छ ।

राष्ट्रपति पौडेलले निर्वाचित भएलगतै वर–पीपलसहितको चौतारो र पोखरी निर्माणका लागि कार्यालयलाई निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077