Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जसपा सम्बद्ध कानून व्यवसायीहरुको राष्ट्रिय सम्मेलन शिवपुरीमा हुँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) निकट संघीय कानून व्यवसायी एसोसिएसनको राष्ट्रिय सम्मेलन आह्वान गरिएको छ ।

शुक्रबार सम्पन्न संगठनको बैठकले आगामी साउन ५ र ६ गते राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो । सम्मेलनको उद्घाटन जसपाका अध्यक्ष उपेन्द्र यादवले गर्ने बताइएको छ ।

काठमाडौको बुढानिलकण्ठ शिवपुरीस्थित नोभा रिसोर्टमा आयोजना हुने उक्त एसोसिएसनमा आवद्ध देशैभरिका करिब डेढ सय जना कानुन व्यवसायीहरु सहभागी हुने छन् ।

बैठकले राष्ट्रिय सम्मेलन सम्पन्न गर्न व्यवस्थापन समिति, आर्थिक समिति, प्रचार प्रसार समिति र जनसम्पर्क समिति समेत गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077