Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • जसरी पनि संघीय निजामती सेवा ऐन छिट्टै ल्याउने मोदीको प्रतिवद्धता

    जसरी पनि संघीय निजामती सेवा ऐन छिट्टै ल्याउने मोदीको प्रतिवद्धता

    अनलाइन नेपाल
  • बिहिबार, २८ असार २०८०
  • 828
    SHARES

    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐनको मस्यौदा छिट्टै संसदमा पेस गर्ने प्रतिवद्धता जनाएका छन् ।

    बिहीबार राष्ट्रियसभामा विनियोजित बजेटमाथि सांसदहरुले उठाएको जिज्ञासाको जवाफ दिँदै मन्त्री मोदीले संसदको यहि अधिवेशनभित्रमा ऐन ल्याएरै छोड्ने बताएका हुन् ।



    मन्त्री मोदीले भने, ‘मैले ऐनमा चासो राखेको छु। देखिएका समस्या समाधान गर्न लागिरहेको छु । जसरी पनि संघीय निजामती सेवा ऐन ल्याउँछौं ।



    मन्त्री मोदीले एक लाख ३७ हजार कर्मचारीमध्ये सघं अन्तर्गत ५३ हजार कर्मचारी समायोजन गरेको उल्लेख गर्दै आगामी साउनदेखि कर्मचारी समायोजनलाई कडाइका साथ लागू गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार