Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • झोलामा लुकाई राखेको गाँजासहित ६ जना पक्राउ

    झोलामा लुकाई राखेको गाँजासहित ६ जना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २८ असार २०८०
  • 957
    SHARES

    काठमाडौं । प्रहरीले छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ।

    नेपालगञ्ज उपमहानगरपालिका-१५ जमुनाह गाँउबाट अवैध लागूऔषधसहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ। ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ ४३ ग्रामसहित भारत रुपैडिहा बस्ने १९ वर्षीय जुनेद राई र १९ वर्षीय सलमान अली पक्राउ परेका हुन्।



    ईलाका प्रहरी कार्यालय जमुना र लागूऔषध नियन्त्रण ब्युरो नेपालगंजबाट संयुक्त रुपमा खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपी ३२ एमपी ६१८९ नम्बरको मोटरसाइकल जाँच गर्दा उनीहरुलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ।



    यसैगरी पर्साको वीरगंज महानगरपालिका-१६ स्थित सडकबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ १५ केजी ३ सय १० ग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा पटेर्वा सुगौली गाउँपालिका-५ बस्ने ३५ वर्षीय सत्यनारायण माझी र ४० वर्षीय प्रहलाद माझी रहेका छन्।

    प्रहरी चौकी ईनरुवाबाट र सशस्त्र प्रहरी बल समेतको संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ जाँदै गरेको बीआर २२ एम ४२०६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलको ट्याङकीको तल्लो भागमा लुकाई छिपाई राखेको उक्त पदार्थसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो।

    यता कञ्चनपुरको बेलौरी नगरपालिका-३ खिरीयाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ३ ग्राम १ मिलिग्रामसहित सोही ठाउँ बस्ने २२ वर्षीय फिलिप रानालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ।

    सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलाली र प्रहरी चौकी फटैयाबाट संयुक्त रुपमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।

    त्यसैगरी म्याग्दीको बेनी नगरपालिका-२ खबराबाट अवैध लागूऔषध गाँजा १ केजी २० ग्रामसहित सोही ठाउँ बस्ने २२ वर्षीय सौरभ परियारलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ।

    जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा झोलामा लुकाई राखेको उक्त गाँजासहित उनलाई पक्राउ गरेको हो। प्रहरीले घटनाको आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार