Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पहिरोको कारण दशरथचन्द राजमार्ग अवरुद्ध हुँदा यात्रु अलपत्र

बैतडी । गएरातिदेखि दशरथचन्द राजमार्ग वर्षाका कारण पहिरो खस्दा यातायात पूर्णरुपमा ठप्प भएको छ।

गोठलापानी–झुलाघाट सडकखण्डको धारीगाडमा पहिरो खसेर सडक अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेका छन्।

गोठलापानीबाट झुलाघाट बजार जाने र झुलाघाटदेखि छुट्ने सवारीसाधन पूर्ण रूपमा बन्द भएका हुन् ।

उक्त पहिरो पन्छाउन डोजर पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077