Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • बीआरआई कार्यान्वयनका लागि चीनसँग छलफल भइरहेको छ : परराष्ट्रमन्त्री साउद

    बीआरआई कार्यान्वयनका लागि चीनसँग छलफल भइरहेको छ : परराष्ट्रमन्त्री साउद

    अनलाइन नेपाल
  • बिहिबार, २८ असार २०८०
  • 975
    SHARES

    काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले चीनसँग भएको बीआरआई परियोजना कार्यान्वयनका लागि छलफल भइरहेको बताएका छन्।

    राष्ट्रियसभा बैठकमा आफ्नो मन्त्रालयमाथिको विनियोजन विधेयकमा भएको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै परराष्ट्रमन्त्री साउदले यस्तो बताएका हुन् ।



    परराष्ट्रमन्त्री साउदले नेपाल चीनबीच सन् २०१७ मा सम्झौता भएको बीआरआई कार्यान्वयन योजनामा छलफल जारी रहेको बताए। परराष्ट्रमन्त्री साउदले केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्य अध्ययन र दुईदेशबीच विद्युत प्रसारण लाइनको समेत सम्भाव्यता अध्ययन भरहेको जानकारी दिए ।



    मन्त्री साउदले ७ वटा मुलुक रिक्त रहेकाले कार्यविधि अनुसार चाँडै राजदूत नियुक्त गरिने बताए। परराष्ट्रमन्त्री साउदले नेपाल संविधानले निर्दिष्ट गरेको असंलग्न परराष्ट्रनीतिका आधारमा नेपालको कूटनीतिक सम्बन्ध अघि बढिरहेको ,पारस्पारिक हित र लाभका आधारमा छिमेकीलगायत विश्वका सबै मुलुकहरूसँगको मैत्रीपूर्ण सम्बन्ध सुदृढ बनाइरहेको जानकारी दिए।

    तत्कालीन स्टेट काउन्सिल एवं परराष्ट्रमन्त्री वाङ यी को मार्च २०२२ मा सम्पन्न नेपाल भ्रमणमा हस्ताक्षर भएअनुसार केरूङ(काठमाडौं रेलवेको सम्भाव्यता अध्ययन तथा दुई देशबीच अन्तर देशीय विधुत प्रसारण लाइनको सम्भाव्यता अध्ययन भइरहेको मन्त्री साउदले जानकारी दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार