Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • असंलग्न परराष्ट्र नीतिका सम्बन्धमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री साउद

    असंलग्न परराष्ट्र नीतिका सम्बन्धमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री साउद

    अनलाइन नेपाल
  • बिहिबार, २८ असार २०८०
  • 693
    SHARES

    काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले सरकार असंलग्न परराष्ट्र नीतिका सम्बन्धमा प्रष्ट र प्रतिबद्ध रहेको बताएका छन् ।

    राष्ट्रिय सभामा सांसदहरूले उठाएका प्रश्नमाथि जवाफ दिँदै परराष्ट्रमन्त्री साउदले यस्तो बताएका हुन्।



    विदेशमा रहेका नेपालीहरूको हक, हितको सुरक्षा गर्न र आवश्यक सहयोग उपलब्ध गराउन विदेशस्थित नेपाली नियोगहरूको भूमिकालाई थप प्रभावकारी बनाउन परराष्ट्र मन्त्रालय प्रतिबद्ध रहेको उनले बताए ।



    उनले सरकार असंलग्न परराष्ट्र नीतिका सम्बन्धमा प्रष्ट र प्रतिबद्ध रहेको बताएका छन् । उनले वर्तमान सरकारले नेपालले अपनाउदै आएको असंलग्न परराष्ट्र नीतिलाई निरन्तर गरेको बताए ।

    परराष्ट्रमन्त्री साउदले नेपालले कुनै पनि देशसँग सम्बन्धलाई बिगार्न नचाहेको र त्यस्तो कार्य समेत नगरेको दाबी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार