Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • परराष्ट्रमन्त्री साउद भन्छन्- राजदूत नियुक्तिका लागि छलफल भइरहेको छ, छिट्टै टुंगिन्छ

    परराष्ट्रमन्त्री साउद भन्छन्- राजदूत नियुक्तिका लागि छलफल भइरहेको छ, छिट्टै टुंगिन्छ

    अनलाइन नेपाल
  • बिहिबार, २८ असार २०८०
  • 768
    SHARES

    काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले राजदुत नियुक्ति प्रक्रियालाई छिट्टै टुंगो लगाउने बताएका छन् ।

    बिहीबार राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री साउदले राजदुत नियुक्तिको सम्बन्धमा उच्च तहमा छलफल भइरहेको बताएका हुन् ।



    अहिले स्थायी नियोग, न्युयोर्क तथा जेनेभा, क्यानडा, फ्रान्स, थाइल्याण्ड, युएई र कुवेतगरी ७ स्थानमा राजदुत पद रिक्त रहेको उल्लेख गर्दै नियुक्ति प्रक्रिया तत्काल टुंगिने बताए ।



    सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री साउदले भने, ‘राजदूत नियुक्तिको सम्बन्धमा उच्च राजनीतिक तहमा छलफल भइरहेको छ र अब यो प्रक्रिया सीघ्र सम्पन्न हुनेछ।’

    राजदुत नियुक्ति ५० प्रतिशत परराष्ट्र भित्रबाट र ५० प्रतिशत परराष्ट्र बाहिरबाट हुने नेपाल सरकारको नीति रहेको छ।

    त्यस्तै, उनले विदेशमा रहेका नेपालीहरुको हक, हीतको सुरक्षा गर्न र आवश्यक सहयोग उपलब्ध गराउन विदेशस्थित नेपाली नियोगहरुको भुमिकालाई थप प्रभावकारी बनाउन परराष्ट्र मन्त्रालय प्रतिवद्ध रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार