Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • स्वास्थ्यको मौलिक हकबाट जनता वञ्चित छन् : स्वास्थ्यमन्त्री बस्नेत

    स्वास्थ्यको मौलिक हकबाट जनता वञ्चित छन् : स्वास्थ्यमन्त्री बस्नेत

    अनलाइन नेपाल
  • बिहिबार, २८ असार २०८०
  • 795
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य उपचार पाउने मौलिक हक लेखिए पनि जनता त्यसबाट वञ्चित भएको बताएका छन् ।

    राष्ट्रिय सभामा उठेका प्रश्नहरुको आज जवाफ दिने क्रममा स्वास्थ्यमन्त्री बस्नेतले संविधानमा सबै जनताले स्वास्थ्य उपचार पाउने मौलिक हक लेखिए पनि जनता त्यसबाट वञ्चित भएको बताएका हुन् ।



    स्वास्थ्यमन्त्री बस्नेतले भने,‘संविधानमा आधारभूत स्वास्थ्य निःशुल्क उपलब्ध गराउने, यो जनताको नैसर्गिक अधिकार हो, मौलिक हक हामीले कायम गरेका छौं । तर मैले अब नढाँटिकन भन्नुपर्छ जे भनिएको छ, त्यस्तो हुन सकिरहेको छैन।’



    लगानी भएका तर नतिजा नदेखिएका स्थानको बजेट कटौती गरेर भने आधारभूत स्वास्थ्य निःशुल्क उपलब्ध गराउने ढंगले अघि बढेको जानकारी उनले दिए ।

    आफूले मन्त्रालय सम्हाल्ने बेला राष्ट्रिय योजना आयोगले स्वास्थ्य मन्त्रालयको बजेट ४० प्रतिशत कटौती गरेर ८३ अर्ब ९९ करोड सिलिङ तोके पनि जोडबल गरेर अर्थ मन्त्रालयबाट १० अर्ब ११ करोड थप्न सफल भएको जानकारी उनले बताए ।

    थिती बसाल्न र आर्थिक अनुशासन कायम गर्न कोसिस गरिरहेको मन्त्री बस्नेतले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार