Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • सीता दाहालको निधनप्रति चिनियाँ कम्युनिस्ट पार्टीद्वारा दु:ख व्यक्त

    सीता दाहालको निधनप्रति चिनियाँ कम्युनिस्ट पार्टीद्वारा दु:ख व्यक्त

    अनलाइन नेपाल
  • बिहिबार, २८ असार २०८०
  • 720
    SHARES

    काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेको छ ।

    सीपीसीका विदेश विभाग प्रमुख लिउ जियानचाओले शोक मन्तव्य जारी गर्दै दाहालको निधनबाट शोकसन्तप्त परिवारलाई समवेदना प्रकट गरेका हुन् ।



    सीता दाहालले माओवादी केन्द्रमा रहेर महत्त्वपूर्ण भूमिका निर्वाह गरेको र चीनको निमन्त्रणामा भएको द्विपक्षीय छलफलमा उनको सहभागिता रहेको भन्दै उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेको हो ।



    यस कठिन घडीमा नेपालको राष्ट्रिय विकासमा नेतृत्व गर्नका लागि प्रधानमन्त्री दाहालको दृढशक्तिको कामना समेत गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार