Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बजेटले शीर ठाडो हुन दिएन, संशोधन गरौं : खुसीराम चौधरी

धनगढी । नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेशका प्रमुख सचेतक खुसीराम चौधरीले बजेट संशोधनको माग गरेका छन् ।

बजेट माथिको छलफलमा बोल्दै प्रमुख सचेतक चौधरीले प्रदेश सरकारले ल्याएको बजेट संशोधनको माग गरेका हुन् ।

उनले प्रदेश सभा बैठकमा उनले बजेट लज्जास्पद आएको हुँदा शिर ठाडो गरेर हिँड्न पनि समस्या भएको हुँदा संशोधनको माग गरेको बताए ।

उनले नीति तथा कार्यक्रम राम्रो भए पनि बजेट भने यथार्थपरक आउन नसकेको टिप्पणी गरे ।

सचेतक चौधरीले भने, ‘यो बजेट गलत छ । बस्तुवादी छैन । यथार्थपरक बजेट छैन । बजेटले लज्जास्पद स्थिति बनाएको छ । शिर ठासो बनाएर हिँड्ने अवस्था छैन । संशोधन गरियोस् ।’

उनले नीति तथा कार्यक्रममा कमैयाका छोरा छोरीलाई एमबिबिएस सम्म अध्ययन गराउने नीति लिए पनि बजेटमा भने त्यो उल्लेख नगरेको भन्दै विरोध जनाए । आफ्नो निर्वाचन क्षेत्रमा रहेका प्रादेशिक अस्पतालको अवस्था बारे पनि सरकार गम्भीर नभएको उनको गुनासो थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077