Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेस र कोशी प्रदेशका ७ जिल्लामा भारी वर्षा, सतर्क रहन आग्रह

काठमाडौं । मधेश र कोशी प्रदेशका सात जिल्लामा भारी वर्षा मापन भएको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ३ देखि ६ घन्टामा झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, बारा, पर्सा जिल्लाका धेरै स्थानमा भारी वर्षा भएको छ।

झापाको अनारमनीमा पछिल्लो २४ घन्टामा १ सय ७९ मिलिमिटर वर्षा मापन गरिएको छ । त्यस्तै चन्द्रगढी विमानस्थल आसपासका क्षेत्रमा १ सय ४१।६ मिलिमिटर वर्षा भएको छ। धरानको सुनसरी आसपासमा १ सय ५६.४ मिलिमिटर पानी परेको मान गरिएको छ।

यता बाराको निजगढ क्षेत्रमा पछिल्लो २४ घन्टामा १ सय २९.६ मिलिमिटर पानी परेको छ। यी जिल्ला भई बहने साना खोलामा आकस्मिक बाढी आउन सक्ने जोखिम रहेको महाशाखाले जानकारी दिए । नदी तटीय क्षेत्र र डुवान भइरहने होचा स्थानमा दिउँसो १२ बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077