धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मनसुन सक्रिय भएसँगै आउन सक्ने बाढी, पहिरो, डुबान तथा कटान जस्ता विपद्को प्रतिकार्यका लागि तयार रहन निर्देशन दिएका छन् ।
बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको प्रदेश विपद् व्यवस्थापन समितिको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले विपद् प्रतिकार्यका लागि सतर्क रहन प्रदेशस्थित सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका हुन् ।
बैठकमा प्रदेश सरकारका मुख्य सचिव, सचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका प्रदेश प्रमुखहरूको सहभागिता रहेको थियो ।
सहभागीहरूलाई शाहले विपद् प्रतिकार्यका लागि पूर्व तयारी गर्दै आईपर्ने विपद्को समयमा उद्दार तथा राहतका कामका लागि समेत सँधै चनाखो रहन भनेका छन् ।
Leave a Reply