Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सरकारप्रति लक्षित गर्दै प्रदीप ज्ञवालीले भने – धरातल नमिलेकाहरूबाट समृद्धि सम्भव छैन

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदिव ज्ञवालीले सिद्धान्तको धरातल नमिलेकाहरूबाट देशको समृद्धि सम्भव नरहेको बताएका छन् ।

बुधबार नेकपा एमाले स्कुल विभाग कर्णाली प्रदेशले सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको कर्णाली प्रदेशस्तरीय प्रशिक्षक–प्रशिक्षण कार्याक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

एमाले स्कुल विभाग प्रमुखसमेत रहेका ज्ञवालीले वर्तमान सरकारमा सामेल रहेका दलहहरूलाई लक्षित गर्दै सरकार बडो अजिवको रहेको उल्लेख गर्दै गठबन्धनको सिद्धान्त भनेकै ‘मिलिजुली बस्यौँ, बाँडीचुढी खायौँ’ भन्ने रहेको दाबी गरे ।

नेकपा माओवादी, नेपाली कांग्रेस र मधेसवादी दलहरूको सत्ता केन्द्रित सिद्धान्तले मुलुकमा समृद्धि सम्भव नहुने ज्ञवालीले जिकिर गरे ।

मिसन ग्रासरुटले एमालेको खास धरातल चित्रण गरेको उल्लेख गर्दै पार्टीलाई थप मजबुद बनाउँदै लैजाने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077