Online Nepal
  • बुधबार, १० पुष २०८१
  • मुख्यमन्त्री थापाको नियुक्तविरुद्धको रिटमा सुनुवाइ सकियो, आदेश आजै आउने

    मुख्यमन्त्री थापाको नियुक्तविरुद्धको रिटमा सुनुवाइ सकियो, आदेश आजै आउने

    अनलाइन नेपाल
  • बुधबार, २७ असार २०८०
  • 993
    SHARES

    काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनथिको सुनुवाइ सकिएको छ ।

    न्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको रिटमाथि भएको सुनुवाइ सकिएको हो ।



    मुख्यमन्त्री थापा नेतृत्वको सरकार अवैधानिक भन्दै दायर रिटमा सुनुवाइ सकिएकाले बुधबार नै आदेश आउने बताईएको छ ।



    एमाले नेतृत्वको सरकार अल्पमतामा परेपछि भएको मत विभाजनमा सत्तारुढ नेतृत्व र एमाले नेतृत्वले बराबर मत ल्याएको थियो ।

    त्यसपछि सभामुख बाबुराम गौतमको मतबाट सत्तारुढ गठबन्धन बहुमतमा रही सरकार गठन गरेपछि विपक्षमा पुगेको एमालेले सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दर्ता गराएको थियो ।

    एमालेका तर्फबाट निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले असार २२ गते शुक्रबार वारेसमार्फत् सर्वोच्चमा रिट दर्ता गराएका । नेकपा एमालेका तर्फबाट कोशी प्रदेशमा संसदीय दलका नेतासमेत रहेका कार्कीले नवनिर्वाचित मुख्यमन्त्री उद्धव थापा, प्रदेश प्रमुख पर्शुराम खापुङ र सभामुख बाबुराम गौतमलाई विपक्षी बनाएर रिट दर्ता गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार