Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • राजकीय सम्मानका साथ सीता दाहालको पशुपतिमा अन्त्येष्टि, प्रचण्डले दिए दागबत्ती

    राजकीय सम्मानका साथ सीता दाहालको पशुपतिमा अन्त्येष्टि, प्रचण्डले दिए दागबत्ती

    अनलाइन नेपाल
  • बुधबार, २७ असार २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको अन्त्येष्टि गरिएको छ। बुधबार दिउँसो पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ दाहालको अन्त्येष्टि गरिएको हो।

    उनलाई पति पुष्पकमल दाहाल प्रचण्ड र दुई छोरी रेणु र गंगाले दागबत्ती दिएका हुन् । दाहालको बुधबार बिहान नर्भिक अस्पतालमा निधन भएको थियो । दाहसंस्कारअघि सीताको शव पशुपतिको ब्रह्मनालमा राखिएको थियो।



    ब्रह्मनालमा प्रधानमन्त्री प्रचण्डसहित उनका छोरी रेणु, गंगा, बुहारी सिर्जना त्रिपाठी र बिना मगरले श्रद्धाञ्जली दिएका थिए। त्यस्तै नाती, नातिनीहरूले पनि सीतालाई श्रद्धाञ्जली अर्पण गरेका थिए।



    यसअघि आजै बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सीतालाई राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो। दाहालको पार्थिव शरीरमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपालको राष्ट्रिय झण्डा ओढाएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार