Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • सीता दाहालको पार्थिव शरीर पशुपतिमा, राजकीय सम्मानसहित अन्त्येष्टि गरिँदै

    सीता दाहालको पार्थिव शरीर पशुपतिमा, राजकीय सम्मानसहित अन्त्येष्टि गरिँदै

    अनलाइन नेपाल
  • बुधबार, २७ असार २०८०
  • 723
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’की धर्मपत्नी सीता दाहालको शव पशुपति आर्यघाट लगिएको छ।

    राजकीय सम्मानका साथ अन्त्येष्टि गर्न दाहालको शव पशुपति आर्यघाट लगिएको हो ।



    अन्त्येष्टिमा राजकीय सम्मानस्वरूप सेनाको टुकडीले अन्तिम सलामी दिने भएको छ ।



    प्रधानमन्त्री पत्नी सीतालाई अन्तिम श्रद्धाञ्जली दिन उच्चपदस्थ सरकारी अधिकारी, सुरक्षा निकायका अधिकारीहरू र माओवादी केन्द्रका समर्थक तथा शुभेच्छुकहरू पशुपति आर्यघाट पुगेका छन्।

    आज बिहान ८ः३३ बजे निधन भएकी सीताको शव श्रद्धाञ्जलीका लागि ११ बजेदेखि माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा राखिएको थियो।

    प्रधानमन्त्री प्रचण्डलाई समवेदना दिन राजनीतिक दलका शीर्ष नेता, सरकारी अधिकारीहरू पेरिसडाँडा पुगेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार