Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • माओवादी सल्लाहकार सीता दाहालको निधनप्रति पार्टीमा शोक प्रस्ताव पारित

    माओवादी सल्लाहकार सीता दाहालको निधनप्रति पार्टीमा शोक प्रस्ताव पारित

    अनलाइन नेपाल
  • बुधबार, २७ असार २०८०
  • 636
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ।

    पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार बसेको आकस्मिक बैठकले दाहालको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो।



    बुधबार बिहान ८:३३ बजे उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएकी दाहालको पशुपति आर्यघाटमा दिउँसो २ बजे दाहसंस्कार गरिने प्रचण्डको सचिवालयले जनाएको छ।



    उनको ‘राजकीय’ सम्मानका साथ बिदाई गर्ने मन्त्रिपरिषद्को आकस्मिक बैठकले निर्णय गरेको छ । दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार