काठमाडौं । नेकापा (माओवादी केन्द्र) को केन्द्रीय पदाधिकारी बैठक केहीबेरमा बस्ने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का जीवनसङ्गिनी सीता दाहालको निधन भएपछि आकस्मिक बैठक बस्न लागेको हो ।
बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्ने र नेताहरू आउने क्रम सुरू भएको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले बताए ।
पार्टीको सल्लाहकार समेत रहेकाी सीताको बुधबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा ६९ वर्षको उमेरमा निधन भएको हो ।
अहिले उनको पार्थीव शरीरलाई श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडा राखिएको छ ।
Leave a Reply