Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • राष्ट्रपति पौडेलद्वारा सीता दाहालको निधनमा दु:ख व्यक्त

    राष्ट्रपति पौडेलद्वारा सीता दाहालको निधनमा दु:ख व्यक्त

    अनलाइन नेपाल
  • बुधबार, २७ असार २०८०
  • 870
    SHARES

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’ की पत्नी सीता दाहालको निधनको खबरले आफूलाई अत्यन्त दुःख लागेको बताएका छन् ।

    राष्ट्रपति पौडेलले बुधबार बिहान प्रधानमन्त्री दाहाललाई टेलिफोन गरेर दुःख व्यक्त गरेका हुन् ।



    उनले दुःखको यस घडीमा प्रधानमन्त्रीसहित शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन् भन्ने कामना गर्दै गहिरो समवेदना पनि प्रकट गरेका छन् ।



    बुधबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएकी ६९ वर्षीया सीताको पार्थीव शरीरलाई श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडा लगिएको छ ।

    उनको दिउँसो २ बजे पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिने सचिवालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार