Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादी केन्द्रले भन्यो - सीता दाहालको निधनबाट सिङ्गो पार्टी स्तब्ध

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी एवं पार्टी केन्द्रीय सल्लाहकार सीता दाहालको निधनले पार्टी, जनता र राष्ट्रका लागि अपूरणीय क्षति भएको जनाएको छ ।

दाहालको बुधबार बिहान ८ः३३ बजे नर्भिक अस्पताल, काठमाडौंमा निधन भएको हो ।

माओवादी केन्द्रका महासचिव देव गुरुङले शोक वक्तव्य जारी गर्दै दाहालको निधनले सिङ्गो पार्टी स्तब्ध भएको जनाएका छन् ।

माओवादी केन्द्रले सीता दाहालले देश र जनताको मुक्ति एवं परिवर्तनका निम्ति खेलेको योगदानको उच्च सम्मान गर्दै सिङ्गो पार्टी उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।

साथै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष प्रचण्ड लगायत सिङ्गो परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै धैर्यधारणका लागि आम जनसमुदायमा हार्दिक अपिल समेत गरेको छ ।

maoist

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077