Online Nepal
  • बुधबार, १० पुष २०८१
  • हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका ६ जनाको शव काठमाडौं ल्याइयो

    हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका ६ जनाको शव काठमाडौं ल्याइयो

    अनलाइन नेपाल
  • मंगलबार, २६ असार २०८०
  • 750
    SHARES

    काठमाडौं । मंगलबार मनाङ एअरको हेलिकोप्टर दुर्घटनामा परेर ज्यान गुमाएका ६ जनाको शव काठमाडौं ल्याइएको छ ।

    मंगलबार साढे ५ बजे हेलिकोप्टरमार्फत त्रिवि शिक्षण अस्पताल ल्याइएको हो । सुरुमा ४ जना र दोस्रो हेलिकप्टरमा दुई शवसहित ६ जनाकै शव काठमाडौं ल्याइएको छ । शवलाई पोष्टमार्टमका लागि शिक्षण अस्पताल लगिएको छ ।



    मंगलबार सोलुखुम्बुको लुक्लास्थित सुर्केबाट उडेको हेलिकप्टर लिखुपिके गाउँपालिकामा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थिए । बिहान १० बजे सोलुखुम्बुको सुर्केबाट उडेको ‘नाइन एनए–एमभी’ हेलिकप्टर सवा १० बजे सम्पर्कविहीन भएको थियो।



    सो हेलिकप्टर ‘रुखमा ठोक्किएर’ दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ ।

    मृत्यु हुनेमा पाइलट चेतबहादुर गुरुङसहित मेक्सिन यात्रुहरुमा सीफुन्टस जी फरान्डो, गोन्जालेज अर्बिक, गोन्जालेज ओलासियो लुज, सिफुन्टस जी मारिया जोस र रिनकोन स्माइल छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार