Online Nepal
  • बुधबार, १० पुष २०८१
  • मनाङ एयरको हेलिकप्टर दुर्घटना : मृत्यु भएका ६ जनाकै शव भेटियो

    मनाङ एयरको हेलिकप्टर दुर्घटना : मृत्यु भएका ६ जनाकै शव भेटियो

    अनलाइन नेपाल
  • मंगलबार, २६ असार २०८०
  • 936
    SHARES

    काठमाडौं । सोलुखुम्बुमा मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेनसहित ६ जनाको मृत्यु भएको छ ।

    मंगलबार बिहान सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ९-एनएएमभी कलसाइन रहेको हेलिकप्टर लिखुपिके गाउँपालिका-५को लामजुरा क्षेत्रमा दुर्घटना हुँदा क्याप्टेन चेतबहादुर गुरुङसहित ६ जनाको मृत्युभएको हो ।



    नागरिक उड्डयन प्राधिकरणका अनुसार ६ जनाकै शव भेटिएको छ। अहिले शवहरु संकलन गरी काठमाडौं ल्याउने तयारी भइरहेको छ ।



    दुर्घटनास्थलको मौसम प्रतिकूल भएका कारण नजिकै भकान्जे भन्ने स्थानमा उद्धारका लागि पुगेका दुई वटा हेलिकप्टर अवतरण गरेका छन् ।

    प्राधिकरणले सिम्रिक एयरको अर्को हेलिकप्‍टर पनि परिचालन गरेको छ। मंगलबार बिहान १० बजे सोलुखुम्बुको सुर्केबाट उडेको ‘नाइन एनए–एमभी’ हेलिकप्टर सवा १० बजे सम्पर्कविहीन भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार