Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • अर्थमन्त्री महतको टिप्पणी – ब्याजदर तोक्ने विषयमा बैंकरको मिलेमतो देखियो

    अर्थमन्त्री महतको टिप्पणी – ब्याजदर तोक्ने विषयमा बैंकरको मिलेमतो देखियो

    अनलाइन नेपाल
  • मंगलबार, २६ असार २०८०
  • 768
    SHARES

    काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले ब्याजदर बढाउने र घटाउने विषयमा बैंक तथा वित्तीय संस्थाको मिलेमतो देखिएको टिप्पणी गरेका छन् ।

    नेपालको बित्तीय सस्था कर्मचारी संघले आयोजना गरेको नेपालको वित्तिय क्षेत्रका चुनौती, समाधानका उपाय तथा भावी कार्यदिशा कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्।



    बैक संचालक नै ब्यवसायी हुनु र नेपालका बैंकले एकअर्का बैंकमा लगानी भएका उद्योगी व्यवसायीलाई मात्रै कर्जा दिइरहेकाले कर्जा उत्पादनमा जान नसकेको बताए ।



    अर्थमन्त्री महतले सहकारी संस्थाको नियमन गर्नका लागि छुट्टै नियामक निकाय स्थापना गर्ने बताए ।

    उनले पछिल्लो समय अर्थतन्त्रमा सुधार देखिएकाले मौद्रिक नीति अलि लचिलो हुँदै गएको उल्लेख गरे । मूल्य वृद्धी साढे ६ प्रतिशतमा झरेकाले पनि खुकुलो मौद्रिक नीति बनाउन सहज भएको उनको भनाई छ ।

    त्यस्तै, अर्थमन्त्री महतले बजेट ल्याउनका लागि मात्र नभएर बजेटमा आएका कार्यक्रम तालिका बनाएर एक–एक गरी कार्यान्वयन गर्ने दाबी समेत गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार