काठमाडौं । मंगलबार मनाङ एयर दुर्घटनामा ज्यान गुमाएकाहरुको शव काठमाडौं ल्याउन लागिएको छ। उनीहरूको शव ल्याउन अल्टिच्युड एयरका दुई वटा हेलिकप्टर परिचालन भएका छन्।
मंगलबार सोलुखुम्बुको लिखुपिके गाउँपालिका-५ स्थित लामजुरा डाँडामा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा ६ जनाको मृत्यु भएको छ।
उक्त हेलिकप्टरमा पाइलट चेतबहादुर गुरूङ र पाँच मेक्सिकन नागरिक सवार थिए। उनीसँगै हेलिकप्टरमा सवार मेक्सिकोका नागरिकहरू फर्नान्डो सिफुग्नेट्स, रिनकन इसमाइल, एबरिका गोन्जालेक्स, ओलासियो गोन्जालेज र मारिया होजे सिफुन्तेसको पनि मृत्यु भएको छ।
अहिले पानी परिरहेकाले मौसममा सुधार आएपछि शवसहितको हेलिकोप्टर काठमाडौं पठाईने बताईएको छ ।
Leave a Reply