Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • ललिता निवास प्रकरणमा नाम आउनेबित्तिकै आत्तिहाल्नुपर्ने अवस्था छैन : माधव नेपाल

    ललिता निवास प्रकरणमा नाम आउनेबित्तिकै आत्तिहाल्नुपर्ने अवस्था छैन : माधव नेपाल

    अनलाइन नेपाल
  • मंगलबार, २६ असार २०८०
  • 963
    SHARES

    पाल्पा । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले निर्णय गरेकै आधारमा कुैलाई पनि दोष लगाउनु गलत भएको बताएका छन् ।

    नेपाल पत्रकार महासंघ पाल्पा शाखाले मंगलबार बिहान तानसेनमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले यस्तो बताएका हुन् ।



    अध्यक्ष नेपालले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा जोसुकै दोषी देखिए पनि कारबाही हुनुपर्ने बताए । अध्यक्ष नेपालले सरकारी जग्गालाई व्यक्तिको नाममा पास गर्नेहरुलाई दण्ड दिनुपर्ने बताए ।



    अध्यक्ष नेपालले भने,त्यो निर्णय विपरीत अन्य निकायबाट सरकारी जग्गालाई व्यक्तिको भनेर निर्णय गर्छ भने त्यसको जिम्मेवार को हुने हो ? सरकारी जग्गा हिनामिना प्रकरणमा जोसुकैले कसुर गरेको होस्, उसले दण्ड पाउनुपर्छ ।जुनसुकै तहका मान्छेले बदमासी गर्न सक्छन्, त्यसमा जोडिएको, संलग्न, हिस्सेदार छ वा छैन भन्ने कुरासँग पनि जोडिएको हुन्छ ।’

    आफू प्रधानमन्त्री हुँदा ललिता निवासको जग्गा सरकारी हो कि होइन भनेर कानुनसम्मत रुपमा छुट्याएर अगाडि बढ्ने निर्णय गरेको बताए । ललिता निवास जग्गा प्रकरणमा नाम आउनेबित्तिकै आत्तिहाल्नुपर्ने अवस्था नहुने अध्यक्ष नेपालले बताए ।

    कुनै मानिसलाई निर्णय गरेकै आधारमा दोष लगाउनुभन्दा पनि उसको नियत र त्यसबाट फाइदा लिने गिरोहलाई हेरेर निर्णय गर्नुपर्ने उनको मत छ । नेता नेपालले ललिता निवास मात्र नभई, नेपाल ट्रष्टका जग्गा लगायतमा पनि अनुसन्धान गरी दोषीलाई कारबाही गर्नुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार