Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डको निर्देशन – नवीन प्रविधिको विकास र प्रसार कार्यमा लाग्नुस्

    प्रधानमन्त्री प्रचण्डको निर्देशन – नवीन प्रविधिको विकास र प्रसार कार्यमा लाग्नुस्

    अनलाइन नेपाल
  • मंगलबार, २६ असार २०८०
  • 564
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयहरूले वैज्ञानिक अनुसन्धान र नवीनतम् प्रविधिको प्रयोगलाई केन्द्रमा राखी कृषि वैज्ञानिक उत्पादनमा केन्द्रित हुन जरुरी रहेको बताएका छन् ।

    आज मंगलबार काठमाडौंमा कृषि तथा वन विज्ञान विश्वविद्यालय सभाको एघारौंं साधारण बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले कृषि तथा वन क्षेत्रको विकासमा राष्ट्रलाई आवश्यक विज्ञ जनशक्ति उत्पादन गरी वैज्ञानिक अनुसन्धान, नवीन प्रविधिको विकास तथा प्रसार कार्यमा लाग्न निर्देशन समेत दिए ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘कृषि तथा वन क्षेत्रको विकासमा राष्ट्रलाई आवश्यक विज्ञ जनशक्ति उत्पादन गरी वैज्ञानिक अनुसन्धान, नवीन प्रविधिको विकास तथा प्रसार कार्यमा सघाउ पुर्याउने कार्य विश्वविद्यालयले गर्ने अपेक्षा गरेको छु ।’

    आवश्यक शिक्षक, कर्मचारीको व्यवस्थापनका लागि सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरिसकेकाले आगामी दिनमा विश्वविद्यालयलाई सरकारको सहयोग निरन्तर भइरहने प्रतिबद्धता जनाए ।

    प्रधानमन्त्री दाहालले विश्वविद्यालयको लक्ष्य, उद्देश्य परिपूर्तिका लागि तयार पारिएको दोस्रो दस वर्षे रणनीतिक योजना कार्यान्वयनको चरणमा रहेको उल्लेख गर्दै थप अनुसन्धान केन्द्रको विस्तारमा ध्यान दिन आग्रह समेत गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार