Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • विद्यालयको सेप्टी ट्याङ्कीमा डुबेर छात्रको मृत्यु

    विद्यालयको सेप्टी ट्याङ्कीमा डुबेर छात्रको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, २६ असार २०८०
  • 771
    SHARES

    फाइल तस्विर

    झापा । झापाको एक विद्यालयको सेप्टी ट्याङ्कीमा डुबेर घाइते भएका एक छात्रको उपचारको क्रममा मृत्यु भएको छ।

    मृत्यु हुनेमा मेचीनगर नगरपालिका–१० धुलाबारीका मेरिना लिम्बुकी ८ वर्षीय छोरा तान्छोक लिम्बु रहेका छन् ।



    लिम्बुको मङ्गलबार बिहान साढे १० बजे बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। लिम्बु धुलाबारीको सानो साथी किन्डर गार्टेन मन्टेश्वरी मा अध्ययनरत थिए।



    खाजा खाएर शौचालय जाँदा छात्रा लिम्बु सोही विद्यालयको शौचालयको सेप्टी ट्याङ्कीमा सोमबार दिउँसो २ बजे खसेका थिए।

    उनलाई तत्काल उद्धार गरी अचेत अवस्थामा उपचारका लागि हस्पिटल पुर्‍याएको थियो। बालकको २२ घण्टापछि मृत्यु भएको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार