काठमाडौं । झापामा ९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गौरादह नगरपालिका ९ झमकचोक बस्ने १९ वर्षीय विवेक अधिकारी रहेको प्रहरीले जनाएको छ ।
अधिकारीले ती बालिकालाई ललाई फकाई आफ्नै घरमा करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी चौकी बैगुनधुराबाट खटिएको प्रहरीले उनलाई प्रहरीले सोमवार साँझ पक्राउ गरेको हो ।
घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Leave a Reply