काठमाडौं । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ ।
बिहान १० बजे लुक्लाबाट उडेको हेलिकप्टर सवा १० बजे सम्पर्कविहीन भएको हो। उक्त हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु छन् ।
९एनए-एमभी कलसाइन भएको हेलिकप्टर १० बजेर १ मिनेटपछि सम्पर्कविहीन भएको हो ।
हेलिकप्टरको खोजी कार्य जारी रहेको त्रिभुवन विमास्थल स्रोतले जनाएको छ ।
Leave a Reply