Online Nepal
  • बुधबार, १० पुष २०८१
  • मुख्यमन्त्री थापाको नियुक्तविरुद्धको रिट न्यायाधीश श्रेष्ठको इजलासमा

    मुख्यमन्त्री थापाको नियुक्तविरुद्धको रिट न्यायाधीश श्रेष्ठको इजलासमा

    अनलाइन नेपाल
  • मंगलबार, २६ असार २०८०
  • 942
    SHARES

    काठमाडौं । कोशी सरकारविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ हुँदैछ ।

    मुख्यमन्त्री उद्धव थापाको नियुक्ति असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा पेसी तोकिएको हो ।



    गत शुक्रबार दर्ता भएको रिट निवेदनमाथि अहिलेसम्म सुनुवाइ हुन सकेको छैन । आइतबार र सोमबार पेसी तोकिए पनि उक्त रिट निवेदन ‘हेर्न नभ्याइने’ भन्दै सुनुवाइ हुन नसकेको हो ।



    कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार वारेसमार्फत दायर गरेको रिट निवेदनमा नवनिर्वाचित मुख्यमन्त्री, प्रदेश प्रमुख पर्शुराम खापुङ र सभामुख बाबुराम गौतमलाई विपक्षी बनाइएको छ ।

    कार्कीले संविधानको धारा १६८ (२) बमोजिम सरकार गठन गर्दा सभामुखलाई समेत समावेश गरिनु संविधान विपरीतको कार्य भएको दाबी गरेका छन् ।

    असंवैधानिक रूपमा नियुक्त भएका मुख्यमन्त्रीको नियुक्ति बदर गरी धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभामा सबैभन्दा ठुलो दलको संसदीय दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्तिको लागि कार्कीले परमादेश माग गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार