Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • स्काभेटरको ठक्करबाट बागलुङमा बालकको मृत्यु

    स्काभेटरको ठक्करबाट बागलुङमा बालकको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, २६ असार २०८०
  • 591
    SHARES

    बागलुङ । बागलुङमा स्काभेटरको ठक्करबाट बालकको मृत्यु भएको छ।

    जिल्लाको बडिगाडमा सडक खन्ने क्रममा स्काभेटरको ठक्करबाट बालकको मृत्यु भएको हो ।



    बडिगाड गाउँपालिका–७ भत्रेनीबाट सोइरेनीसम्मको कच्ची सडक खन्ने क्रममा स्काभेटरको ठक्करबाट स्थानीय भानबहादुर घर्तीको १४ वर्षीय सुनिलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।



    स्काभेटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको जनाइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार