एजेन्सी । स्वीडेनलाई एटलान्टिक सहयोग संगठन नेटोको सदस्यता दिन टर्की सहमत भएको छ ।
लिथुआनियाको राजधानी भिल्नियसमा जारी नेटो सम्मेलनका बीच टर्की र स्वीडेनका नेताहरुबीच भएको वार्ताका क्रममा टर्की र स्वीडेनबीच सम्झौता भएको हो ।
यसअघि स्वीडेनलाई टर्कीमा सामेल गर्न टर्कीले अवरोध गरेकोमा स्वीडेनले आफू नेटोको सदस्य हुन गरेको प्रस्तावलाई टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले समथर्न गरेपछी स्वीडेन नेटोमा आवद्ध हुने बाटो खुला भएको छ ।
स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टसनले टर्कीको राष्ट्रपतिले समर्थन गरेकोमा खुशी ब्यक्त गरे । नेटोमा आवद्ध ३१ सदश्य राष्ट्रहरुलाई स्वीडेनलाई नेटोमा आवद्ध गराउने कि नगराउने भन्ने बिषयमा भिटो प्रयोग गर्ने अधिकार रहेको छ ।
Leave a Reply