Online Nepal
  • शनिबार, १५ मंसिर २०८१
  • उज्बेकिस्तानका राष्ट्रपति मिर्जियोयेभ तेस्रो कार्यकालका लागि निर्वाचित

    उज्बेकिस्तानका राष्ट्रपति मिर्जियोयेभ तेस्रो कार्यकालका लागि निर्वाचित

    अनलाइन नेपाल
  • मंगलबार, २६ असार २०८०
  • 636
    SHARES

    एजेनसी । उज्बेकिस्तानका राष्ट्रपति शावकत मिर्जियोयेभ तेस्रो कार्यकालका लागि विजय भएका छन् ।

    उज्बेकिस्तानलाई विदेशी लगानी र पर्यटनका लागि खुला गर्ने र मध्य एसियाको सबैभन्दा बढी जनसङ्ख्या भएको देशमा महत्वपूर्ण घरेलु सुधार लागू गर्ने ६५ वर्षीय मिर्जियोयेभले प्रतिबद्धता जनाएका छन्।



    तीन जना अज्ञात उम्मेदवारविरुद्ध चुनावी मैदानमा उत्रिएका मिर्जियोयेभले आइतबारको निर्वाचनमा ८७ प्रतिशत मत प्राप्त गरी विजयी भएका प्रारम्भिक नतिजाले देखाएको छ।



    सन् २०१६ मा पहिलो कार्यकाल जित्नुका साथै सन् २०२१ मा पुनः निर्वाचित हुनुअघि उनले आफ्ना कट्टरपन्थी पूर्ववर्ती इस्लाम करिमोभको नेतृत्वमा प्रधानमन्त्रीका रूपमा काम गरेका थिए।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार