Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • राजदूत नियुक्ति कहिले ?

    राजदूत नियुक्ति कहिले ?

    अनलाइन नेपाल
  • मंगलबार, २६ असार २०८०
  • 606
    SHARES

    काठमाडौं । सरकारले नेपाली राजदूत रिक्त रहेको मुलुकमा नियुक्ति प्रक्रिया अघि बढाउन सकेको छैन । सत्तारूढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाबीच भागबन्डा निमल्दा नियुक्ति सिफारिसमा अन्योलता देखिएको हो ।

    यूएई, थाइल्यान्ड, कुवेत, क्यानडा र फ्रान्समा नेपाली राजदूत पद खाली छन् । त्यस्तै, युनाइटेड अरब इमिरेट्सका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालको कार्यकाल सकिएपछि स्वदेश फर्किसकेका छन् ।



    त्यस्तै, क्यानडाका लागि राजदूत भृगु ढुंगाना, कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारी र थाइल्यान्डका लागि राजदूत गणेशप्रसाद ढकालको चारवर्षे कार्यकाल सकिएर नेपाल फर्किसकेका छन् । यूएई र कुवेतमा राजदूत पद रिक्त भएको तीन महिना पूरा भएको छ ।



    त्यस्तै, न्युयोर्कस्थित राष्ट्रसंघीय मुख्यालयको नियोगबाट अघिल्लो साता अमृतबहादुर राई फर्केसँगै राजदूत खाली भएको छ । ‘राजदूत एवं स्थायी प्रतिनिधि नियुक्तिसम्बन्धी निर्देशिका’अनुसार कार्यकाल सकिन तीन महिना बाँकी हुँदै सरकारले नयाँ राजदूत सिफारिस गर्नुपर्ने उल्लेख भए पनि नयाँ राजदूत नियुक्ति प्रक्रिया सुरु भएको छैन ।

    नेपालका ३० मुलुकमा दूतावास र तीन संयुक्त राष्ट्रसंघीय स्थायी नियोग ९न्युयोर्क, जेनेभा र भियना० छन् । यस्तै, विभिन्न मुलुकमा सात वाणिज्य दूतावास छन् । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार