Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • माल्टा पठाइदिन्छु भन्दै ५ लाख ठगी गर्ने सुष्मा पक्राउ

    माल्टा पठाइदिन्छु भन्दै ५ लाख ठगी गर्ने सुष्मा पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २५ असार २०८०
  • 1.4K
    SHARES

    काठमाडौ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले माल्टा पठाइदिन्छु भनी रकम ठगी गर्ने एक महिलालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका-५ स्थायी घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका फुटुङ बस्‍ने २९ वर्षीया सुष्मा तामाङ रहेकी छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले तारकेश्वरबाट पक्राउ गरेको हो ।



    उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।



    तामाङले सञ्जय गिरीलाई वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिन्छु भन्‍दै पटक-पटक गरी ५ लाख ८५ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार