Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • संसदमा प्रधानमन्त्री प्रचण्डको प्रश्न – प्रतिपक्षले माग्नेवित्तिकै राजीनामा दिनुपर्ने हो ?

    संसदमा प्रधानमन्त्री प्रचण्डको प्रश्न – प्रतिपक्षले माग्नेवित्तिकै राजीनामा दिनुपर्ने हो ?

    अनलाइन नेपाल
  • सोमबार, २५ असार २०८०
  • 594
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिपक्षीले माग्नेबित्तिकै राजीनामा दिनुपर्ने हो भनेर सोधेका छन्।

    सोमबार कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताबीचको सहमतिपछि संसद खुलेपछि प्रधानमन्त्री प्रचण्डले स्पष्टीकरण दिएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले अभिव्यक्तिबारे स्पष्टीकरणको मौका नदिई राजीनामा माग्नु नै लोकतन्त्र, संसदीय मान्यता हो त ? भनेर सोधेका छन् ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले आफ्नो कमजोरी सहज र स्पष्ट शब्दमा स्वीकार्ने गरेको छु ।तर मेरो राजीनामा मागेर ३ दिनसम्म संसद अवरुद्ध गर्नु जायज हो ? प्रतिपक्षले माग्नासाथै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने हो ? स्पष्टीकरणको मौका पनि दिनु नहुने हो ?’

    उनले आफूले पुस्तक विमोचनका सन्दर्भमा बोलेका कुराबारे गम्भीर ढंगले प्रश्न उठेपछि त्यतिबेलै प्रष्टीकरण दिन चाहेको तर मौका नदिई संसद् अवरुद्ध गरिएको बताए।

    तर किन राजीनामा नै माग गरेर संसद अवरूद्ध गरियो आफूले बुझ्न नसकेको प्रधानमन्त्री प्रचण्डले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार