Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नैतिकता छ भने प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गरेका छन्।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले प्रधानमन्त्रीको राजीनामा माग गरेका हुन् । अध्यक्ष लिङ्देनले नैतिकता छ भने प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताए।

अध्यक्ष लिङ्देनले भने, ‘नैतिकता भन्ने चिज जीवित छ भने उहाँले राजीनामा दिनुपर्छ। यो दबाबले मागिने कुरा होइन।यो राष्ट्रको सार्वभौमसत्तासँग सम्बन्धित विषयमा यस प्रकारको अभिव्यक्ति आउनु सामान्य कुरा होइन । त्यसपछि झन् प्रधानमन्त्रीबाट प्रतिपक्षलाई गम्भीर आक्षेप लगाउने काम भयो।’

उनले तत्कालीन कानून मन्त्री शेरबहादुर तामाङले नैतिकताको आधारमा राजीनामासमेत दिएको स्मरण गराएका थिए।

उनले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रियतासँग जोडिएको विषय भएको भन्दै यसमा सामान्य विषय नभएको स्पष्ट पारे । उनले वर्तमान संसदमा केही राजनीतिक दलमात्रै नभएर थुप्रै दलहरु रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077