Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

अखिल क्रान्तिकारी र समाजवादी विद्यार्थी युनियनले घोषणा गरे आन्दोलन

काठमाडौं । अखिल क्रान्तिकारी र समाजवादी विद्यार्थी युनियनले संघीय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् ।

सोमबार संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै क्रान्तिकारी र समाजवादी विद्यार्थी युनियनले तीन बुँदे मागसहित आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।

यस्तै उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्ने, विश्वविद्यालयमा शैक्षिक क्यालेन्डर लागू गर्नुपर्ने माग अघि सारेको छ ।

यही असार २६ गते देशव्यापी रुपमा हस्ताक्षर अभियान चलाउने, २७ गते शान्तिपूर्ण प्रदर्शन गर्ने, र ३१ गते वृहत् अन्तरक्रिया कार्यक्रम गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

संयुक्त प्रेस विज्ञप्ति

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077