काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा सूचना तथा सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउत प्रकाउ परेपछि पूर्व मुख्यसचिव विमल कोइरालाले असन्तुष्टी व्यक्त गरेका छन्।
सरकारी जग्गा हिनामिना आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले आईतबार सूचना तथा सञ्चार मन्त्रालयका सचिव राउतलाई पक्राउ गरेको थियो ।
सचिव राउतलाई पक्राउ गरेको असन्तुष्टी व्यक्त गदै पूर्वमुख्यसचिव कोइरालाले सामाजिक संञ्जालमा लेखेका छन्,’कृष्ण राउत शाखा अधिकृत हुदाको कसुरमा परेछन। उपल्लो निर्णयकर्तालाइ केरकार नगरी तल्लो तहकोलाइ समात्नु ठिक भएन ।’
पूर्वमुख्यसचिव कोइरालाले निर्णयकर्तालाइ केरकार नगरी तल्लो तहकोलाइ समात्नु ठिक नभएको बताएका छन् । ललिता निवासको जग्गा कीर्ते प्रकरणमा प्रहरीले राउतलाई काठमाडौंबाट विराटनगर जाने क्रममा त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको थियो ।
Leave a Reply