Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • ‘वान एक्स बेट’को प्रचार गरेका कलाकारसहित ११ जनाविरुद्ध मुद्दा दर्ता, झन्डै ६५ करोड मागदाबी

    ‘वान एक्स बेट’को प्रचार गरेका कलाकारसहित ११ जनाविरुद्ध मुद्दा दर्ता, झन्डै ६५ करोड मागदाबी

    अनलाइन नेपाल
  • सोमबार, २५ असार २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । वान एक्स बेट नामक प्रतिबन्धित अनलाइन बेटिङ एपमार्फत अवैध कारोबार गरेको आरोपमा पक्राउ परेका ११ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ।

    सरकारी वकिलको कार्यालय काठमाडौंले आइतबार काठमाडौं जिल्ला अदालतमा ११ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो। जसमध्ये १० जना पक्राउ परेका छन् भने एक जना फरार छन्। कैला



    ली घर भई काठमाडौं बस्ने २८ वर्षीय दिनेश खड्का र उनकी श्रीमती अनिता धिताललाई सट्टेबाजी गराएको आरोपमा प्रहरीले प्रमुख अभियुक्तको रूपमा पेश गरेको छ। यस्तै विज्ञापन गरेको आरोपमा कलाकार एवं युट्युबरहरूलाई पनि प्रहरीले पक्राउ गरेको थियो।



    युट्युबर एवं कलाकारहरू मरिचमान श्रेष्ठ (बल्छी ध्रुब्रे) राजु पौडेल (राजुमास्टर), पवन खतिवडा (म्याकुरी), बेगम नेपाली (भटभटे माइला) युट्युबर अलिश राई, युट्युबर जलन घर्तीमगर (जलन), गणेश देवकोटा (जिडी) र सरोज घिमिरे (ढेडो बुढो)विरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले ३ देखि ११ वर्षसम्म कैद सजाय माग गरे गर्दै मुद्दा दायर गरेको हो ।

    सरकारी वकिलले अभियुक्त दिनेश र अनिताले नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार कसुर गरेको भन्दै उनीहरूसँग ६४ करोड ९४ लाख २९ हजार ८२० रुपैयाँ बिगो माग गरेको छ। राष्ट्र बैंकको ऐन अनुसार बिगो जफत गरी बिगो रकमको तीन गुणासम्म जरिवाना वा सात वर्षसम्म कैद वा दुबै सजाय हुने उल्लेख छ।

    मुलुकी अपराध संहिता, २०७४ दफा १२५ अनुसार जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरअनुसार एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना गर्न पनि माग गरेको छ। त्यसबाहेक उनीहरू दुबैविरूद्ध एकीकृत कसुर बापत थप सजायको माग गरेको छ। त्यस्तै युट्युबरहरू एवं कलाकारहरूविरूद्ध विज्ञापन (नियमन गर्ने) ऐन २०७६ अनुसार कसुर मागदाबी गरिएको हो।

    उक्त कसुरको दफा २५ को उपदफा १ र २ बमोजिम सजायको माग सरकारी वकिलले गरेको छ। उनीहरूलाई एक वर्षसम्म कैद र १० हजार रुपैयाँ जरिवाना गर्न माग गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार