Online Nepal
  • बिहिबार, ३ माघ २०८१
  • बिहान सहमति, दिउँसो किन भयो रडाको

    बिहान सहमति, दिउँसो किन भयो रडाको

    अनलाइन नेपाल
  • सोमबार, २५ असार २०८०
  • 858
    SHARES

    काठमाडौं । अवरुद्ध सदन खुलाउन आइतबार प्रमुख तीन दलका शीर्ष नेताबीच ‘सहमति’ भए पनि बैठकपछि प्रमुख विपक्षी दल एमालेले नयाँ सर्त अघि सार्दा आइतबार बस्ने भनिएको बैठक सोमबारसम्मका लागि स्थगित गरिएको छ ।

    प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख विपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा भएको २ घण्टा लामो छलफलमा एमालेले संसदको अवरोध हटाउने र प्रधानमन्त्री दाहालले आफ्नो अभिव्यक्ति’ सदनमा स्पष्टीकरण दिने सहमति भएको थियो ।



    सो सहमतिपछि आइतबार १ बजेका लागि बोलाइएको बैठक ३ बजेलाई सारिएको पनि थियो । तर, सिंहदरबारमा भएको सहमति आधा घण्टापछि नै ‘एमालेले नमान्दा’ संसद बैठक बस्न नसकेको हो ।

    आखिर किन बैठक सकिएको आधा घण्टामै एमाले तीन शीर्ष नेताहरूको भेटवार्ता र छलफलको सहमतिबाट ‘युटर्न’ भयो त ?

    ‘प्रधानमन्त्रीले अभिव्यक्ति फिर्ता लिनुहुन्छ भने हामी पनि संसद् अवरुद्ध गर्दैनौं’ भनेका ओली किन आफ्नो पूर्ववत् भनाइमा अडिन सकेनन् त ? प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवासँग के समझदारी भयो भन्ने सञ्चारकर्मीको जिज्ञासामा ‘भरे देख्नुहुन्छ‘’ भन्ने जवाफ दिएका ओली किन पछि हटे त ? राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार