Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • ललिता निवास प्रकरण : समरजङ्ग कम्पनीका प्रमुख घिमिरे र नापी सर्वेक्षक अर्याल पक्राउ

    ललिता निवास प्रकरण : समरजङ्ग कम्पनीका प्रमुख घिमिरे र नापी सर्वेक्षक अर्याल पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २४ असार २०८०
  • 672
    SHARES

    काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा थप दुई जनालाई पक्राउ परेका छन् ।

    सरकारी जग्गा हिनामिना आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोले ध्रुव प्रसाद अर्याल र लोकहरि घिमिरेलाई पक्राउ गरेको हो ।



    आरोपी अर्याल तत्कालीन नापी कार्यालय काठमाडौँबाट ललिता निवासको जग्गा नाप जाँचमा खटिएका सर्वेक्षक हुन् । घिमिरे समरजङ्ग कम्पनीका प्रमुख थिए ।



    उनीहरूलाई आज दिउँसो काठमाडौंबाट नियन्त्रणमा लिईएको सीआईबीले जनाएको छ । ललिता निवासको करिब १४३ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा गरेको अभियोगमा १७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा चलिरहेको छ ।

    ललिता निवास जग्गा प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ,सुधीरकुमार शाह, धर्मप्रसाद गौतम, कलाधर देउजा, गोापल कार्की, सुरेन्द्र कपाली र भुपेन्द्रमान श्रेष्ठ पक्राउ गरेको थियो। ललिता निवास प्रकरणमा हालसम्म ब्युरोले पक्राउ गरेकाको संख्या ११पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार