Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • प्रधानमन्त्रीको अनुरोधमा प्रतिनिधिसभा बैठक दुई घण्टा सर्‍यो

    प्रधानमन्त्रीको अनुरोधमा प्रतिनिधिसभा बैठक दुई घण्टा सर्‍यो

    अनलाइन नेपाल
  • आइतबार, २४ असार २०८०
  • 564
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अनुरोधमा प्रतिनिधिसभाको बैठक दिउँसो ३ बजेसम्मका लागि सरेको छ ।

    एक बजेका लागि तय गरेको बैठक दुई घण्टापछिका लागि सारेको हो। शीर्ष नेताहरूबीच छलफल भइरहेको भन्दै बैठक सार्न सभामुखलाई अनुरोध गरिएको थियो।



    अवरुद्ध सदन खुलाउने विषयमा प्रधानमन्त्री प्रचडसहित कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा छलफल भइरहेको छ । प्रधानमन्त्री दाहालको असार १८ को अभिव्यक्तिलाई लिएर एमालेले संघीय संसद्का दुवै सदनमा अवरोध गरिरहेको छ ।



    प्रधानमन्त्रीले गत सोमबार किरणदीप सन्धुद्वारा लिखित पुस्तक ‘रोड्स टु द भ्याली द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ पुस्तक विमोचन कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितमले पटक पटक दिल्ली धाएको अभिव्यक्ति दिएपछि एमालेले प्रचण्डको राजिनामा माग्दै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार