Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • करेन्ट लागेर धनुषामा एक जनाको मृत्यु

    करेन्ट लागेर धनुषामा एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, २४ असार २०८०
  • 807
    SHARES

    फाइल तस्विर

    धनुषा। खेतमा सिँचाइ गर्न जाने क्रममा धनुषामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा धनुषाको कमला नगरपालिका-२ का ५५ वर्षीय सूर्यदेव ठाकुर बरही रहेका छन् ।



    आइतबार बिहान ५ बजे आफ्नै खेतमा धानको बीउमा मोटरबाट सिँचाइ गर्न जाँदै गर्दा अरुले बिछ्याएको विद्युतीय तारमा करेन्ट लागेर मृत्यु भएको हो ।



    स्थानीय सत्यनारायण यादवले राति आफ्नै बोरिङगबाट खेतमा सिँचाइ गरी तार त्यतिकै छाडेर घर गएका थिए । सोही बाटो हुँदै ठाकुर आफ्नो खतेमा जान लागेको बेला नांगो तार भएको ठाउँमा छोएर करेन्ट लागेको थियो ।

    तार ओछयाएर छाड्ने सत्यनारायण यादव भने फरार छन् । शवलाई पोष्टमार्टमको लागि जनकपुरको प्रादेशिक अस्पताल राखिएको र अनुसन्धानका लागि सत्यनारायण यादवको खोजी जारी रहेको धनुषा प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार